रैनादेवी छहराले ८ वटै वडाका ८ सय ४१ जेष्ठ नागरिकलाई कम्बल बितरण
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले सबै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । निरन्तर चिसो बढिरहेको र चिसोको समयमा जेष्ठ नागरिकहरू न्यानो कपडा स्वरूप बलाङकेट वितरण गरि चिसोबाट जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले यस्ता कार्यक्रम अगाडी सारेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नम्बर १ सिद्धेश्वरमा ९९ जना वडा नम्बर २ सोमादीमा ९० जना,वडा नम्बर ३ भुवनपोखरमा १ सय ३३ जना वडा नम्बर ४ छहरामा १७३ जना वडा नम्बर ५ मुझुङमा ९० जना वडा नम्बर ६ जुठापौवामा ८२ जना वडा नम्बर ७ बल्डेङगढीमा ७५ जना र वडा नम्बर ८ सत्यवतीमा ९९ जना जेष्ठ नागरिकलाई बलाङकेट सहितका न्यानो कपडा वितरण गरेको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिनुभयो ।
अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत रैनादेवी छहराका सबै वडाका ७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु लाई प्रतेक वडामा पुगेर ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एकपटक यस्ता कार्यक्रम सञ्चालन गर्दा ‘ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न पनि यस्ता कार्याक्रम महत्पुर्ण भएको गाउँपालिकाका अध्यक्ष रुक्मागंत भटराईले जानकारी दिनुभयो ।
निरन्तर चिसो बढिरहेको र चिसोको समयमा जेष्ठ नागरिकहरू प्रभावित हुने भएकोले वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई बलाङकेट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा लेखा अधिकृत लिलामणी बस्याल जिन्सी साखाका प्रकास केशी सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगाएतको उपस्तीत रहेको थियो । गाउँपालिकाले चिसो मौषममा आफूहरुले न्यायो कपडा पाउँदा निकै खुसी भएको प्रतिक्रिया जेष्ठ दिएका छन ।









































Comments